arrow

मन्दिरमा भागदौड मच्चिँदा आठ महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
india-bhagdaud.jpg

काठमाडौँ । भारतको पूर्वी राज्य बिहारको एक मन्दिरमा मंगलबार भागदौड मच्चिँदा आठ महिलाको मृत्यु भएको छ। करिब १० जना घाइते भएका छन् ।

एक स्थानीय प्रहरी अधिकारीले टेलिफोनमार्फत यस घटनाको पुष्टि गरेका छन् ।

उनका अनुसार बिहारको नालन्दा जिल्लास्थित दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा स्थानीय समयअनुसार बिहान १० बजेतिर उक्त भागदौड भएको हो ।

विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा घाइते महिलाहरूलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ लैजाँदै गरेको देख्न सकिन्छ ।

केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उक्त घटनाको सम्बन्धमा अनुसन्धान गर्न छानबिनको आदेश दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ