arrow

ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
nabin-karki-sp.jpg

पोखरा । पोखरामा विदेशी नागरिकसँग मिलेर ट्रान्स पार्टी गरिरहेको अवस्थामा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका-१८ सेदीस्थित फेवातालमाथि जंगल नजिकैको एकान्त घरमा मंगलबार राति छापा मार्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध प्रयोग तथा बिक्री भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराईको नेतृत्वमा पुगेको टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएकामध्ये आठ जनासँग लागुऔषध फेला परेको छ ।

लागुऔषधसहित पक्राउ पर्नेमा एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन् ।

उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अन्य नियन्त्रणमा लिइएकाहरूको हकमा भने आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिन वर्गको पदार्थ), गाँजा, ‘म्याजिक मशरूम’ तथा एलएसडीसहित नौ प्रकारका लागुऔषध बरामद गरिएको छ ।

उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ