arrow

बिहीबारदेखि एसईई, पाँच लाख १२ हजार परीक्षार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
see-exam-2024-started.jpg

काठमाडौँ। यसवर्षको एसईई परीक्षा बिहीबारबाट शुरू हुँदैछ । यस वर्षको एसईई परीक्षामा देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी बोर्डले जनाएको छ ।

जसमध्ये टेक्निकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परीक्षा दिन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ ओटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ