arrow

नेपालले राष्ट्रसंघमा फेरि भन्यो 'भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्छ'

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
prakashsasharan_UN.jpeg
काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहोराएका छन् । 
 
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहेका मन्त्री डा.महतले सोमबार जेनेभामा भएको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा सो अडान राखेका हुन् । 
 
नेपालमा हाल बाँकी रहेका दश हजारभन्दा केही बढीको संख्यामा रहेका ती शरणार्थीलाई नेपालमै पुनस्थापित गर्न उक्त नियकाले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको थियो । 
 
सोमबार भएको सो भेटमा पनि मन्त्री डा.महतले सो अडान राखेका हुन् । साथै उनले ती शरणार्थी आफ्नो देशमा नफर्किदासम्म तथा कुनै तेस्रो मुलुकमा पुनस्थापित नहुँदासम्म राष्ट्रसंघीय उक्त निकायले मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गरे ।
 
यस विषयमा उच्चायुक्त सकारात्मक हुनुभएको थियो । शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट सो आयोग पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए । नेपालमा रहेका भुटानी शरणार्थी तस्रो मुलुकमा पुनस्थापित भएका छन् र हाल यहाँ दश हजार भन्दा केही बढीको संख्यमा रहेका छन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ