arrow

शिवराज भट्ट बने सुदूरपश्चिमको उद्योगमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
shivaraj-bhatta-sudurpaschim.jpg

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ ।

सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो ।

भट्ट बैतडी प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ।

प्रधानमन्त्री वालेन्द्र साहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय हो ।

त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ।

संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ