इलाम । इलामको पर्यटकीय गन्तव्य श्रीअन्तुमा खाजाका रूपमा भक्का लोकप्रिय छ । होटल व्यवसायीले सूर्योदयको झुल्केघाम हेरेर फर्किने आन्तरिक पर्यटकको खाजाको रूपमा भक्का तयार गरेर राख्ने गरेका छन् ।
श्रीअन्तु आसपासका करिब २० वटा भक्का पसल बिहानको समयमा भीड हुन्छन् । एउटा पसलमा दिनहुँ औसत रु पाँच हजारको बिक्री हुने गरेको छ । रासस