arrow

सरकारले ह्वात्तै बढायो सार्वजनिक यातायातको भाडा, मेचीदेखि महाकाली जान कहाँ कति भाडा  ? [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
khotang-yatayat.jpg

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवसायीले केही समयअघिदेखि सरकारलाई निरन्तर दबाब दिँदै सरकारले नबढाए आफूहरूले बढाउने चेतावनी दिँदै आएको थियो । 

सोअनुसार यातायात व्यवस्था विभागले बुधबार चैत २५ गतेदेखि नै लागू हुने गरी भाडा बढाएको हो । इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुँदा भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको विभागले जनाएको छ । 

बढेको भाडाअनुसार यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । त्यस्तै तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनमा १५.७५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ ।

गत वर्षको पुस २२ गतेपछि पहिलो पटक उच्च वृद्धिसहित भाडा बढाइएको हो ।  

बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा भने लागू नहुने भएको छ ।  इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागू हुने विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ