arrow

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा कति लाग्छ सवारी साधनको शुल्क ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
nagdhunga-surung-marga-51-01-03.jpg
तस्बिर : फाइल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ । 

यस्तै मिनी बस, मिनी टिपर–ट्रकको प्रवेशका लागि रु ११५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ । 

मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ