arrow

रुवीकुमारी ठाकुर बनिन् सबैभन्दा कान्छी उपसभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
rabikumari-thakur-cospeaker.jpg

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । श्रम संस्कृति पार्टीकी सांसद ठाकुर सबैभन्दा कान्छी उपसभामुखसमेत बनेकी छिन् । 

शुक्रबार भएको मतदानमा उनको पक्षमा २२९ मत पर्‍यो । विपक्षमा पाँच मत पर्‍यो भने मत दिन्न भन्नेमा २२ मत परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी नेकपा र श्रम संस्कृति पार्टीले पक्षमा मतदान गरे । एमाले तटस्थ रह्यो । राप्रपाले विपक्षमा मतदान गर्‍यो ।

यसअघि राप्रपाबाट उम्मेदवार बनेकी सरस्वती लामालाई भने सदनले अस्वीकृत गरेको थियो । उनको पक्षमा जम्मा पाँच मत, हुन्न भन्नेमा २१५ मत र प्रस्तावमा मत दिन्न भन्नेमा ३७ मत रहेकाले उनको उम्मेदवारीको प्रस्ताव अस्वीकृत भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ