arrow

म्यानमार–चीन सीमाक्षेत्रमा भएको झडपमा १६० को मृत्यु

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
myanmar-army.jpeg
नेपिड (म्यानमार)। म्यानमारको उत्तरी राज्य शानमा सरकारी सुरक्षा फौज र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका समुहकाबीचमा भएको झडपमा परी गत तीन महिनाको अवधिमा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 
 
चीनसँग सिमाना नजिकै सरकारी सैनिक र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका कैयौँ समुहबीच गत नोभेम्बरको अन्त्यदेखि जारी रहेको यस द्वन्द्वको कारण झन्डै २० लाख स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
 
हिंसाबाट मृत्यु हुनेमध्ये ७४ सैनिक, १५ प्रहरी, १३ सैनिक तालिम पाएका सरकार समर्थक लडाकू र १३ जना आमनाागरिक रहेका ती अधिकारीले जानकारी दिएका छन् । 
 
जनरल म्या तुन ओओ संवाददातालाई भने, “हामीसँग ४५ जना सत्रुको शव छ र अरु चार जनालाई नियन्त्रणमा लिइएको छ ।” उनले सामुहिक दाहासंस्कारको फोटो हेर्दा सयभन्दा बढी विद्रोहीहरु मारिएको हुन सक्ने बताए  । 
 
दोस्रो चरणको शान्तिवार्ता भइरहेका बेला म्यानमार सरकारको तर्फबाट यस्तो तथ्याङ्क आएको हो । सिमा क्षेत्रमा भइरहेको दशक लामो द्वन्द्व अत्य गर्ने उद्देश्यले अहिले शान्ति बार्ता भइरहेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ