काठमाडौँ । सिराहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ का राजेश दास रहेका छन्।
सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार मोटरसाइकल र अटोरिक्सामा गाँजा राखेर भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो।
सुखिपुर क्षेत्रमा शङ्का लागेर जाँच गर्ने क्रममा दासको साथबाट १९ केजी गाँजा, चाँदीका ब्रासलेट, २५ हजार रुपैयाँ नगद र एक थान मोबाइल सेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका दासलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइने तयारी भइरहेको छ।