इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एकको मृत्यु, एक गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
656
Shares
दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आज एक जना मजदुरको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो ।
पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन् । दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । रासस