स्ववियु निर्वाचनः इन्जिनियरिङ र जनप्रशासनमा धम्की, अन्य ठाउँमा कडा सुरक्षा
प्रकाशित २०७३ फागुन १८ बुधबार
1.3k
Shares
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा ६० प्रतिशत क्याम्पसमा चुनाव हुन नसकिरहेका बेलामा बुधबार उपत्यकाका नौसहित २५ क्याम्पसमा चुनाव हुँदैछ । त्यसमध्ये पनि उपत्यकाका दुई क्याम्पसमा धम्की आएको छ ।
इन्जिनियरिङ क्याम्पस र जनप्रशासन क्याम्पसमा धम्की आएको त्रिविवि शिक्षाध्यक्ष एवं केन्द्रीय निर्वाचन समिति संयोजक सुधा त्रिपाठीले जनाएकी छिन् ।
उनले हाम्राकुरासंग भनिन्, ‘इन्जिनियरिङ र जनप्रशासनका क्याम्पस प्रमुखहरुले धम्की आएको जानकारी दिएका छन् ।’ क्याम्पस प्रमुखहरुलाई ‘चुनाव गरिस् कि ! बाँच्दैनस्’ भनेर फोनमा धम्की दिएको पनि जनाइएको छ ।
यसबीच, निकै कडा सुरक्षाकाबीच चुनाव हुँदैछ । चुनाव हुने क्याम्पसमा सुरक्षाकर्मीको संख्या निकै बाक्लो छ । बिहान ८ बजेदेखि ११ बजेसम्म विद्यार्थीको संख्या हेरेर चुनाव सुरु हुँदैछ ।