arrow

एनसेल बिजनेस बाह्रखरी गल्फको नवौँ संस्करण १९ गते [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
ncell-business-12khari-golf-9th (2).jpg

काठमाडौँ । एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता’ को नवौँ संस्करण तथा ‘इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते हुने भएको छ। प्रतियोगिता गोकर्ण गल्फ कोर्समा आयोजना गरिनेछ ।

१०० भन्दा बढी कर्पोरेट गल्फर, विदेशी प्रतिनिधि, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका अग्रणीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा ‘होल इन–वन’ गर्नेले बीवाईडी अट्टो ३ गाडी जित्न सक्नेछन् । 

अल–राउन्ड विजेताले २४ क्यारेट सुनको गल्फ बल प्राप्त गर्नेछन् । कार्यक्रमकै अवसरमा हुने आर्थिक परिसंवादमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा नेपालको आर्थिक अवस्थामाथि छलफलसमेत गरिने आयोजकले जनाएको छ।

ncell-business-12khari-gulf-9th (2).jpg
ncell-business-12khari-gulf-9th (3).jpg
ncell-business-12khari-gulf-9th (4).jpg
ncell-business-12khari-gulf-9th (5).jpg
ncell-business-12khari-gulf-9th (6).jpg
ncell-business-12khari-gulf-9th (7).jpg
ncell-business-12khari-gulf-9th (8).jpg
ncell-business-12khari-gulf-9th (9).jpg
ncell-business-12khari-gulf-9th (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ