नेपाल र यूएई भिड्दै, पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
725
Shares
तस्बिर – नेपाल क्रिकेट संघ र नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे शुरू हुनेछ ।
घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ । पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।
यसअघि नेपाल प्रिमियर लिग एनपीएल सोही फ्लडलाइटमा भएको थियो । यस सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ ।
जसमा दीपेन्द्र सिंह ऐरीकप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।
त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।
सिरिजको दोस्रो खेल मंगलबार हुने छ । नेपालले पहिलो पटक टी–२० र एक दिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ ।