नेपाल र यूएई मैदानमा, नेपाल टस जितेर ब्याटिङमा [तस्बिरहरू]
पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
822
Shares
तस्बिर – खेलअघिको अभ्यासका क्रममा नेपाली टिम, नेपाल फोटो लाइब्रेरी ।
अपडेट
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० आई सिरिजको पहिलो खेलमा अहिले यूएईविरुद्ध खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाली टोलीले यूएईविरुद्ध दुई खेलको टी-२० आई सिरिज खेलिरहेको हो । पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल भइरहेको हो । यसअघि नेपाल प्रिमियर लिग एनपीएल सोही फ्लडलाइटमा भएको थियो । यस सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाइरहेको छ ।
जसमा दीपेन्द्र सिंह ऐरीकप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।
त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।
सिरिजको दोस्रो खेल मंगलबार हुने छ । नेपालले पहिलो पटक टी–२० र एक दिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ ।
पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ ।