arrow

नेपाल र यूएईबीचको खेल वर्षाले रोकियो, नेपालले सात बल खेल्न बाँकी, १२२ रन बनायो [तस्बिरहरू]

पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
nepal-uae-83-1-7qqq (2).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० आई सिरिजको पहिलो खेलमा अहिले यूएईविरुद्ध खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

खेलमा नेपालले १८ ओभर ५ बल खेल्दा वर्षाले खेल रोकिएको छ । रोकिनुपूर्व नेपालले ८ विकेटको क्षतिमा १२२ रन बनाएको छ । 

कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३२ रन बनाएर अविजित छन् । 

मुहम्मद जुहैबले ३ विकेट लिएका छन् । 

नेपाली टोलीले यूएईविरुद्ध दुई खेलको टी-२० आई सिरिज खेलिरहेको हो । पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल भइरहेको हो । यसअघि नेपाल प्रिमियर लिग एनपीएल सोही फ्लडलाइटमा भएको थियो । यस सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाएको हो । 

जसमा दीपेन्द्र सिंह ऐरीकप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । 

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

सिरिजको दोस्रो खेल मंगलबार हुने छ । नेपालले पहिलो पटक टी–२० र एक दिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । 

पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ ।

nepal-uae-83-1-7qqq (4).jpeg
nepal-uae-83-1-7qqq (5).jpeg
nepal-uae-83-1-7qqq (6).jpeg
nepal-uae-83-1-7qqq (7).jpeg
nepal-uae-83-1-7qqq (8).jpeg
nepal-uae-83-1-7qqq (9).jpeg
nepal-uae-83-1-7qqq (10).jpeg
nepal-uae-83-1-7qqq (11).jpeg
nepal-uae-83-1-7qqq (12).jpeg
nepal-uae-83-1-7qqq (13).jpeg
nepal-uae-83-1-7qqq (14).jpeg
nepal-uae-83-1-7qqq (15).jpeg
nepal-uae-83-1-7qqq (16).jpeg
nepal-uae-83-1-7qqq (17).jpeg
nepal-uae-83-1-7qqq (18).jpeg
nepal-uae-83-1-7qqq (19).jpeg
nepal-uae-83-1-7qqq (20).jpeg
nepal-uae-83-1-7qqq (21).jpeg
nepal-uae-83-1-7qqq (22).jpeg
nepal-uae-83-1-7qqq (23).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ