arrow

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
nep-uae-tu-83-1-17.jpg

काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । 

डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । घरेलु मैदानमा श्रृंखला बराबरी गर्न पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

अर्कातर्फ नेपालले पहिलो पटक एक दवसीय र टी-२० का छुट्टाछ्ट्टै कप्तान बनाएसँगै पहिलो पटक आधिकारिक रूपमा दिपेन्द्र सिंह ऐरीले कप्तानी सम्हालेका छन् । 

यसअर्थमा पनि ऐरी आजको खेलमा जित हासिल गर्न चाहन्छन् । 

पहिलो खेलमा यूएई ६ विकेटले विजयी भएको हो । वर्षाले १० ओभरमा झारिएको खेलमा ७८ रनको चुनौती यूएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । 

पहिलो पटक कीर्तिपुर मैदानको फ्लडलाइटमा खेलेका कारण होला विकेटकिपर अर्जुन साउदले सहज क्याचसमेत छुटाएका थिए । नेपालको फिल्डिङ ध्वस्त नै थियो । 

यूएईले पहिलो ओभरमै २० रन बनाएर जितको यात्रा सहज बनाएको थियो ।

वर्षाका कारण खेल रोकिएपछि यूएईले नयाँ चुनौती पाएको थियो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । १८ ओभर ५ बल खेल्दा वर्षाले खेल रोकिनुपूर्व ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । 

कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३२ रन बनाए । अन्य ब्याटरहरू चल्न सकेनन् । मुहम्मद जुहैबले ३ विकेट लिए । खेल लामो समय रोकिँदा नेपालले थप ब्याटिङ गरेन । यूएईले नयाँ चुनौतीसहित ब्याटिङ गरेको थियो । 

नेपाली टोलीले यूएईविरुद्ध दुई खेलको टी-२० आई सिरिज खेलिरहेको हो । पहिलो पटक त्रिवि मैदानको फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल भइरहेको हो । यसअघि नेपाल प्रिमियर लिग एनपीएल सोही फ्लडलाइटमा भएको थियो । यस सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाएको हो । 

जसमा दीपेन्द्र सिंह ऐरीकप्तान, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । 

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

नेपालले पहिलो पटक टी–२० र एक दिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । 

पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ