arrow

आरआर क्याम्पसमा २३ गते स्ववियु निर्वाचन

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
rr-campus.jpeg
काठमाडौं । बुधबारको लागि तोकिएको निर्वाचन हुन नसकेको राजधानीको भृकुटीमण्डपमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा सोमबार निर्वाचन हुने भएको छ । तालाबन्दीका कारण बुधबार हुन नसकेको निर्वाचन २३ गते गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुयालले जानकारी दिए । 
 
सुयालले एक सूचना जारी गर्दै पूर्व गठित निर्वाचन समितिले नै सम्पन्न गर्नेगरी २३ गते निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिईन् । आरआर क्याम्पस काठमाडौंको महत्वपूर्ण क्याम्पसको रुपमा मानिन्छ । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ