arrow

पुरानो बानेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ६३० जना लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
kmc-83-1-9.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको पुरानो बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको प्राविधिक सहयोगमा रोटरी क्लब अफ बानेश्वर र पुरानो बानेश्वर टोलबासी संस्थाको संयुक्त आयोजनामा पुरानो बानेश्वरमा सो शिविर भएको हो । 

शिविरमा ६३० जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा १०३ जनाको भिडियो एक्सरे, ७७ जनाको ईसीजी गरिएको थियो । १३० जनाको ल्याब परीक्षण भएको छ । 

५ जनाको दाँत झिकिएको छ । २४ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ