arrow

राष्ट्रिय सरोकार समिति

स्रोत साधनविहीन विपद् व्यवस्थापन प्राधिकरण [भिडियो]

विपद् व्यवस्थापनमा स्रोत साधनको अभाव, निजी क्षेत्रको भर पर्दै सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
dinesh-bhatta.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत र साधनको अभाव रहेको स्वीकार गरेको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यस्तो जानकारी दिएका हुन्।

 सरकारी स्तरमा पर्याप्त सामग्री नहुँदा मनसुनजन्य विपद्को समयमा हवाई उद्धार, डुंगा र ड्रोन लगायतका उपकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे।

कार्यकारी प्रमुख भट्टका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि सामग्रीको अभाव टार्न विभिन्न निजी संघ-संस्थाहरूसँग सम्झौता गरिएको छ। ड्रोनको सन्दर्भमा नेपालका दुई वटा एशोसिएशनसँग सम्झौता गरी आवश्यकता परेको बेला पाइलटसहित ड्रोन उपलब्ध गराउने र उनीहरूको बस्ने-खाने व्यवस्थापन प्राधिकरणले गर्ने सहमति भएको छ। त्यस्तै, हेलिकप्टर उद्धारका लागि निजी क्षेत्रले काठमाडौँ उपत्यकाभित्र निःशुल्क र बाहिर न्यूनतम लागतमा सेवा दिने गरी सहकार्य जारी राखिएको छ। पानीजन्य विपद्मा उद्धार गर्न आवश्यक पर्ने डुंगाको अभावका कारण र्‍याफ्टिङ एशोसिएशनसँग पनि सम्झौता गरिएको प्राधिकरणले बताएको छ।

विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन प्राधिकरणले स्थानीय तहहरूसँगको समन्वयमा समेत जोड दिएको छ। विशेष गरी वर्षात्को समयमा हुन सक्ने बाढी र डुबानलाई मध्यनजर गर्दै ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सरसफाइ गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको भट्टले जानकारी दिए। विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका सबैभन्दा प्रभावकारी हुने भएकाले सोही अनुरूपको तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ