arrow

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
helicopter-army-81-6-13.jpg

बाजुरा। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको छ ।

सुत्केरी व्यथा लागेर आएकी बूढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ