नेपाली कम्युनिस्ट पार्टीको संयोजन समिति बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
1.3k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको संयोजन समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।
यस बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा तयार पारेको विशेष निर्णय प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
बैठकले विशेषगरी पार्टीभित्रका नेताहरूको कार्य विभाजन, विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँट तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने प्रबल सम्भावना छ।
पार्टीको आन्तरिक साङ्गठनिक संरचनालाई सुदृढ बनाउन र आगामी कार्यदिशा तय गर्नका लागि यस बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।