arrow

सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
sudurpachhim-pradesh-farwestern-province-81.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन शुरू हुने भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् ।

शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए ।

उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् ।

गत चैत्र २९ गते राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ