arrow

मौसम प्रतिकूलताका कारण गहुँ भण्डारण गर्न विभागको आग्रह

पशुमा ‘लम्पी स्किन’ विरुद्ध सचेत रहन कृषि विभागको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
kalanamak-dhan-paddy.jpg

काठमाडौँ । मौसमको अवस्था प्रतिकूल रहेकाले खेतमा काटेर राखिएको गहुँलाई तत्काल घरमा लगेर भण्डारण गर्न कृषि विभागले किसानहरूलाई आह्वान गरेको छ। मुलुकका विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि बालीमा क्षति हुने जोखिम उच्च रहेकाले विभागले यस्तो आग्रह गरेको हो। 

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्यान्नका लागि प्रयोग गरिने गहुँलाई कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्च जति छहारीमा सुकाएको नीम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाको पात प्रयोग गर्न सुझाव दिनुभएको छ। यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ भने कृषि सूचना केन्द्रले बाली काटेपछि खेतमा बाँकी रहेका अवशेषहरू नजलाउन समेत सचेत गराएको छ।

साथै, गर्मी बढेसँगै लामखुट्टे, झिँगा र किर्नाको सङ्ख्या बढ्ने भएकाले गाई–भैँसीमा 'लम्पी स्किन' रोगको सङ्क्रमण हुने जोखिम बढेको छ। केन्द्रका अधिकृत सञ्जीव पण्डितले पशुपालक किसानहरूलाई आफ्ना गाईभैँसीलाई यस रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाउन आग्रह गर्नुभएको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रले किसानहरूलाई बाली संरक्षण, क्षति न्यूनीकरण र उत्पादन वृद्धिका लागि आवश्यक प्राविधिक सूचना तथा सुझावहरू निरन्तर उपलब्ध गराउँदै आएको छ। मौसममा आएको फेरबदल र बढ्दो गर्मीका कारण हुनसक्ने कृषि तथा पशुजन्य क्षति कम गर्न किसानहरूले समयमै सतर्कता अपनाउनु जरुरी देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ