arrow

हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
bajura-hawahuri.jpg

बाजुरा । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ ।

म‌ंगलबार साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो ।

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो गई भेडा र बाख्रा मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले दिएको जानकारी अनुसार, जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनी बस्ने चैनबहादुर विष्टका ५४ ओटा बाख्रा मध्ये पहिरोमा परी दुई ओटा मृत फेला र नौ ओटा बेपत्ता भएका छन् ।

यस्तै अमृत ल्वारका ५६ ओटा बाख्रा मध्ये पहिरोमा परी तीन ओटा मृत फेला र १४ ओटा बेपत्ता भएको बताए ।

यस्तै राजबहादुर विष्टका ४० ओटा भेडामध्ये पहिरोमा परी पाँच ओटा मृत फेला र १० ओटा बेपत्ता भएका हुन् भने ऐनबहादुर विष्टका ९५ ओटा भेडामध्ये पहिरोमा परी तीन ओटा मृत फेला र पाँच ओटा बेपत्ता भएका छन्।

यस्तै, हिजो साँझ करिब ६ बजेतिर त्रिवेणी नगरपालिका वडा नं ९ खोयाका कुलबहादुर साउँदको बाख्रा गोठ नजिकै मेलको रुखमा चट्याङ पर्दा गोठमा भएको तीन ओटा बाख्राको मृत्यु भएको हो ।

खप्तड छेडे दह गाउँपालिका वडा नं १ काट्या तलगाउँ बस्ने बिरे रावलको पसल हावाहुरीले उडाएको हो ।

हावाहुरीबाट निजको काठ र जस्तापाताले बनेको भुँईतले पसल उडाई पसलमा रहेका जुता चप्पल, कपडा र कपडा सिलाउने मेसिनमा क्षति भएको र मानवीय क्षति भने केही नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ