arrow

मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण गर्ने पक्राउ

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
chitwan-medical-college.jpeg
रत्ननगर । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । 
 
गत माघ ११ गते भएको सो घटनामा संलग्न भई फरार हुँदै आएका अभियुक्त चित्रवन नगरपालिका–३ चितवन बस्ने २४ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 
 
कलेज परिसरमा डा न्यौपाने चढेको बा १४ च ७५६४ नंको गाडीमा आक्रमण गर्दा गाडीको सिसा फुटेपनि डा न्यौपाने सकुशल रहेका थिए । 
 
खोतजलासका क्रममा बुधबार पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ