arrow

आवासको हक सुनिश्चित गर्न माग गर्दै कास्कीमा भूमिहीनहरूको प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
bumihin-birodh-kaski.jpg

काठमाडौँ । कास्कीमा आवासको हक सुनिश्चित गर्नुपर्ने माग राख्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन्। भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिको आयोजनामा सोमवार उक्त प्रदर्शन भएको हो। आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिने उद्देश्यले आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक दलहरूले विगतमा गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले राजनीतिक दलहरूलाई लक्षित गर्दै विभिन्न नाराहरू लगाएका थिए । उनीहरूले ‘हाम्रो नारा हाम्रो भोट, बिस्र्यौ वाचा, दियौ चोट’, ‘आवासको हक सुनिश्चित गर’ तथा ‘झुटो बोल्न आउँदैन, अर्को चोटी भोट पाउँदैन’ जस्ता नाराहरूका साथ विरोध जनाए। संघर्ष समितिले विशेष गरी निर्वाचनका समयमा गरिएका बाचाहरू कार्यान्वयन नभएको र भूमिहीनहरूको समस्या समाधानमा राज्य उदासीन रहेको आरोप लगाएको छ।

प्रदर्शनकारीहरूले संविधानले प्रदान गरेको आवासको हकलाई व्यवहारमा उतार्न र अव्यवस्थित बसोवासीलाई स्थायी बसोवासको व्यवस्था मिलाउन जोडदार माग गरेका छन्। वर्षौंदेखि आफ्नो थातथलोको सुरक्षा र लालपुर्जाको प्रतीक्षामा रहेका उनीहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ