arrow

शान्तिपूर्वक स्थानीय निर्वाचन गराउन पूर्वमा सुरक्षा संयन्त्र तयार

म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन २० शुक्रबार
police-news-aa-a.jpeg
विराटनगर । पुर्वाञ्चलका प्रहरी प्रमुख डीआइजी रमेश भट्टराईले स्थानीय तहको निर्वाचन  भयरहित तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरी तयारी अवस्थामा रहेको वताएका छन् ।  केही दिनअघि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सुरुवा भएर आएका डिआइजी भट्टराईले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने प्रहरीको  दायित्व भएको उल्लेख गरे ।
 
उनले निर्वाचनलाई मध्यनजरगर्दै म्यादी प्रहरी भर्नागर्नका लागि प्रक्रिया शुरु भइसकेको भन्दै केन्द्रवाट जानकारी आउने वितिकै भर्नाको काम शुरु हुने वताए । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा शुक्रबार पत्रकार भेटघाटको आयोजना गरी डीआजी भट्टराईले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरी संगठनका लागि अवसर र चुनैती दुवै भएको बताए । 
 
चुनावलाई लक्षित गरी हुन सक्ने अपराध नियन्त्रण,मतदाता तथा उम्मेदवारको सुरक्षा, पहिलो प्राथमिकतामा राखेर नेपाल प्रहरी अघि वढि रहेको उनको भनाई थियो । उनले संगठित अपराध, गुन्डागर्दीजस्ता आपराधिक प्रवृत्तिलाई निस्तेजपार्न प्रहरीले सक्रिय भएर लागिरहेको भन्दै त्यसका लागी जनताका साथ आवश्यक रहेको बताए ।
 
डिआइजी भट्टराईले सिमावर्ती क्षेत्रमा कडाईदेखि भुमिगत समुहका गतिविधी हुन नदिने भन्दै प्रहरीको काममा अवरोध गर्न खोज्ने जो कोहीलाईपनि नछाडिने बताए । जनतालाई उत्कृष्ट सेवा दिन नेपाल प्रहरी अहोरात्र खटिरहेको समेत उनले वताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ