arrow

लिपुलेक-कालापानी विवाद

सीमा समस्याको कूटनीतिक संवादमार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध : परराष्ट्र मन्त्रालय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
lokbahadur-poudel-mofa-1.jpg

काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयले ती क्षेत्रहरू नेपालको अभिन्न भूभाग भएको आफ्नो पुरानो अडानलाई पुनः दोहोर्‍याउँदै संवादको बाटो रोज्न जोड दिएको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका सबै भूभागहरू नेपालकै रहेको तथ्यमा सरकार अडिग रहेको बताए। नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा नेपालले आफ्नो गम्भीर सरोकार र असहमति दुवै छिमेकी राष्ट्रलाई कूटनीतिक नोटमार्फत जानकारी गराइसकेको छ।

ऐतिहासिक सन्धि, आधिकारिक नक्सा र प्रमाणहरूलाई आधार मानी छिमेकी मुलुकहरूसँगको सीमा समस्यालाई वार्ता र आपसी समझदारीबाट टुङ्ग्याउन नेपाल सधैँ तयार रहेको मन्त्रालयले उल्लेख गरेको छ। यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण जस्ता गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरिएको स्मरण गराउँदै सरकारले कूटनीतिक संवादलाई नै निकासको मुख्य माध्यमका रूपमा अघि सारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ