काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिला बनाउँदै अघि बढाउने बताएको छन्।
सोमवार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, सार्वजनिक सेवा प्रवाहमा सुधार गरिने, आर्थिक पुनर्उत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाइने बताए।
राष्ट्रपति पौडेलले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी बहस पत्र तयार गरिने जानकारी दिए।
उनका अनुसार सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै राजस्व चुहावट मुक्त आर्थिक क्षेत्र निर्माण गर्ने लक्ष्य राखिएको छ।