राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्दागर्दै किन बाहिरिए बालेन ? [तस्बिरहरू]
आफ्नै सरकारको नीति तथा कार्यक्रम मन परेन कि कुनै विपद् आइलाग्यो ? यस्तो छ नीति तथा कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
778
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दागर्दै प्रधानमन्त्री वालेन्द्र साह बालेन भने संसदबाट बाहिरिएका छन् । संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बालेन भने आफ्नो कुर्सी छाडेर बाहिरिएका हुन् ।
सरकारको महत्वपूर्ण नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा त्यस्तो देशलाई के आपत् आइलाग्यो अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन ।
अरू मन्त्री र सांसदहरूले नीति तथा कार्यक्रम सुनिरहेका बेलामा बालेन भने बाहिरिएका हुन् । राष्ट्रपतिले सम्बोधन गरिरहँदा कोही पनि भित्र बाहिर नगर्ने संसदको मर्यादाभित्र पर्छ ।
आफ्नै सरकारको नीति तथा कार्यक्रम मन नपरेर उनी बीचैमा बाहिरिएका त हैनन् ? उनी हिँडिरहेको हाउभाउ हेर्दा कुनै बिमार भएको संकेत पनि पाइँदैन ।