arrow

एकताको बाटोमा गगन

कांग्रेसभित्र शक्ति सन्तुलनको अभ्यासः शेरबहादुर र शेखर पक्षका १९ नेता केन्द्रीय सदस्यमा मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
congress-party-office-final.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित नेता डा शेखर कोइराला निकट १९ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

पार्टीको विधान बमोजिम सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाको सिफारिसमा उनीहरूलाई मनोनित गरेको बताइएको छ ।
 
मनोनयनमा दलित, मधेसी, महिला, जनजाति तथा हिमाली भूगोलको प्रतिनिधित्वदेखि पुराना प्रभावशाली नेता, नयाँ पुस्तासम्मलाई समेटिएको छ। 

पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व मन्त्रीहरू दिलेन्द्रप्रसाद बडू, रमेश रिजाल, उमेश श्रेष्ठ लगायतलाई समेटिएको सूचीलाई कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ। यो कदमले सभापति थापाले एकताको नीतिलाई अगाडि बढाएकोसमेत बुझ्न सकिन्छ ।

त्यसैगरी दुर्घटनापछि पुनः सक्रिय राजनीतिमा फर्किएका डा चन्द्रकान्त भण्डारी पनि मनोनित भएका छन् । मनोनित हुने अन्य नेताहरूमा पूर्व सहमहामन्त्रीद्धय महेन्द्र यादव र जीवन परियार, पूर्व केन्द्रीय सदस्यहरू अजयकुमार चौरसिया, डा गोविन्दराज पोखरेल, आङ्गेलु शेर्पा, सुशीला मिश्र भट्ट, सीता थपलिया (उर्मिला), लक्ष्मी परियार, दिनेशकुमार यादव, दिनेश कोइराला, राजीव कोइराला, राजीव ढुंगाना, नागिना यादव र डा जीवन राना रहेका छन् ।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित भएर गगन थापाले कांग्रेसको नेतृत्व सम्हालिरहेका छन् । उनकै नेतृत्वमा कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा गएको थियो । 

उक्त निर्वाचनपछि अब कांग्रेस पार्टीको १५ औँ महाधिवेशनको बाटोमा रहेको छ । त्यसका लागि कांग्रेस सबैलाई समेट्न थापाले संस्थापन इतर पक्षहरूसँग निरन्तर वार्तामा रहँदा सोही आधारमा खड्का र कोइरालाले दिएको नामबाट १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । 

यो कदमले १५ औँ महाधिवेशन फेरि एक पटक एकताको महाधिवेशन हुने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ