arrow

बालेनको अनिवार्य उपस्थिति विपक्षीको अडान

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीको उपस्थितिलाई लिएर संसद्‌मा अन्योल कायमै

राष्ट्रियसभाको बैठक पनि बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
ramchandra-balen-parliament-83-1-28.jpeg
तस्बिर फाइल

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममाथि बुधबार छलफल गर्ने तयारी भए पनि विपक्षी दलहरूको अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

विपक्षी दलहरूले नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अनिवार्य उपस्थिति हुनुपर्ने माग राख्दै सदन अवरुद्ध गरेपछि सभामुखले आजका लागि नयाँ कार्यतालिका तय गरेका हुन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्ने, ती प्रस्तावमाथि छलफल गर्ने र प्रधानमन्त्रीले जवाफ दिने गरी समय निर्धारण गरेका छन्। 

आजको सम्भावित कार्यसूची अनुसार छलफल सकिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ भने यही अधिवेशनमा बजेटसमेत प्रस्तुत हुनेछ। 

यद्यपि आजको बैठकमा पनि प्रधानमन्त्रीको भौतिक उपस्थिति नभए विपक्षी दलहरूले पुनः अवरोध गर्ने सङ्केत दिएका छन् जसका कारण सदनको कारबाही सहज रूपमा अघि बढ्नेमा अन्योल कायम छ।

यसैबीच राष्ट्रियसभाको बैठक पनि आज बिहान ११:१५ बजे बस्दैछ। सो बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। 

दुवै सदनमा नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गरी पारित गर्नुपर्ने दबाब सरकारलाई छ तर प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीचको टकरावले संसदीय प्रक्रिया प्रभावित भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ