arrow

कासा प्रतियोगितामा रेफ्री गर्न प्रेम उज्वेकिस्तान जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
prem-koirala-rugby.jpg

काठमाडौँ । रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रुपमा सहभागी हुन बिहीबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन् । 

प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपका पूर्व सदस्य सन्तकुमार मेहता र नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

केही दिनअघि एसिया रग्बी डेभलोप्मेन्ट प्यानलमा परेपछि प्रेम मुख्य रेफ्रीमा मनोनित भएका थिए । नेपालबाट रग्बीको मुख्य रेफ्रीमा मनोनित हुने प्रेम पहिलो भएको महासचिव घिमिरेले जनाएका छन् । यसअघि उनी सहायक रेफ्री थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ