arrow

आईसीसी विश्वकप लिग–२ 

स्कटल्याण्ड लगातार दोस्रो खेलमा दुई रनले विजयी, नेपालपछि अमेरिका पीडित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
scotland-usa-odi-26-5-14.jpg

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा अमेरिका पराजित भएको छ । अमेरिका स्कटल्याण्डसँग दुई रनले पराजित भएको हो । स्कटल्याण्डले लगातार दोस्रो खेलमा दुई रनको जित हासिल गरेको हो । यसअघि नेपाल पनि स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै वर्षाले प्रभावित खेलमा ४७ ओभरमा ६ विकेटको क्षतिमा ३२१ रन बनायो । तीन खेलाडीले अर्धशतक बनाए । 

फिन्ले म्याकक्रेथले ७७, म्याथ्यु क्रसले ५८ तथा ब्रान्डन म्याकमुलेनले ५५ रन बनाए । 

जवाफमा पटक पटक वर्षाले अवरोध भएसँगै ३२ ओभरमा २४९ रनको चुनौती पाएको अमेरिकाले ८ विकेटको क्षतिमा २४६ रन बनाउन सक्यो । साइतेजा मुकाम्मलले ७५ बलमा १०४ तथा स्मित पटेलले ५६ बलमा ७२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ