arrow

बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
bagmati-province-new.jpg

काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य गरेका छन्।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस बमोजिम उनले आज राति १२:०० बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। 

प्रदेशसभाको यो हिउँदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते तथा २०८३ साल वैशाख ६ गते बैठकहरू बसेका थिए।

यससँगै प्रदेशसभाको हिउँदे सत्र औपचारिक रूपमा समापन भएको छ। अब अर्को अधिवेशनका लागि सरकारको सिफारिसमा प्रदेश प्रमुखले पुनः आह्वान गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ