arrow

रहेनन् 'गरिबका अगुवा' हाइटीका पुर्वराष्ट्रपति प्रेभल

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
rene-preval-2017-03-03t192431z.jpeg
हाइटी । हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ । गरिवका अगुवाका रुपमा चिनिनु भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए । 
 
“पूर्वराष्ट्रपति रेने प्रेभलको निधन भएको खवर सुन्नु पर्दा मलाई निकै दुःख लागेको छ,” राष्ट्रपति जोभेनेल मोइसले ट्विटरमा लेखेका छन् , “हाइटीको सम्मानीत नेता उहाँप्रति हामी सधै नतमस्तक छौँ ।” 
 
अर्का पूर्वराष्ट्रपति मिचेल मार्टेलीले पनि सामाजिक सञ्जालमार्फत् प्रेभलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।“राष्ट्रपति प्रेभल, मेरो दाई, मेरो साथि, मेरो सल्लाहकार, हामीलाई सोकमा पारेर जानुभएकोछ,” मार्टेलीले ट्विटरमा लेखे । उनि सन् २०११ देखि २०१६ सम्म हाइटीको राष्ट्रपति बनेका थिए । 
 
स्थानीय सञ्चार माध्यमले प्रेभलकी बहिनीलाई उदृत गर्दै दिएको जानकारीअनुसार, हृदयघातका कारण उनको निधन भएको हो । लामो राजनीतिक हिंसापछि उनि इमान्दार र सक्षम नेताका रुपमा हाइटीमा स्थापित भएका थिए । 
 
उनि सन् १९९६ देखि २००१ र २००६ देखि २०११ सम्म हाइटीको राष्ट्रपति बने । हाइटीमा दुई कार्यकाल राष्ट्रपति बन्ने व्यक्ति उनि एक जना मात्रै हुन् । दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने हाइटीको संवैधानिक व्यवस्था छ । 
 
आफ्नो कार्यकालमा उनलाई कुनै आरोप लगाइएको थिएन भने उनलाई हटाउने कुनै प्रयास पनि भएको थिएन । उनि लोकप्रिय हुँदाहुँदै पनि संवैधानिक अड्चनका कारण  दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति बन्न पाएका थिएनन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ