arrow

भारी वर्षा र चट्याङले असी भारतीयको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
india-hawa-huri.jpg

काठमाडौँ । उत्तर भारतका विभिन्न क्षेत्रमा विगत २४ घण्टामा भएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार यो प्राकृतिक विपद्बाट सबैभन्दा बढी उत्तर प्रदेश राज्य प्रभावित भएको छ ।

भारी वर्षासँगै आएको असिना र तीब्र गतिको हावाहुरीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

विपद्का कारण उत्तर प्रदेशका विभिन्न स्थानमा ठूलो संख्यामा पशुचौपायाको क्षति हुनुका साथै घर तथा अन्य भौतिक सम्पतीमा नोक्सानी पुगेको रिपोर्ट गरिएको छ ।

हजारौँ रूखहरू ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानवीय क्षति भएको छ ।

उत्तर प्रदेशको प्रयागराज जिल्ला यस विपद्बाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मात्रै करिब २० जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत आयुक्तहरूलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्य अघि बढाउन निर्देशन दिएका छन् ।

उनले पीडित परिवारलाई सम्भावित सबै सहयोग र सहायता उपलब्ध गराउन समेत आदेश दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ