arrow

सिद्धबाबा सुरुङमार्गमा गाडी कहिले गुड्लान् ? मन्त्री लम्सालले गरे अनुगमन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
siddhababa-tunnel-vehicle-minister (7).jpg
तस्बिर : न्यूज एजेन्सी नेपाल ।

बुटवल । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए । 

उनले निर्माणलाई तिव्रता दिन निर्देशन दिए । निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारि गराउन आग्रह गरे । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनका लागि पुगेका थिए । 

सिद्धार्थ राजमार्ग निर्माणाधीन सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी चैतभित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।

siddhababa-tunnel-vehicle-minister (8).jpg
siddhababa-tunnel-vehicle-minister (1).jpg
siddhababa-tunnel-vehicle-minister (2).jpg
siddhababa-tunnel-vehicle-minister (3).jpg
siddhababa-tunnel-vehicle-minister (4).jpg
siddhababa-tunnel-vehicle-minister (5).jpg
siddhababa-tunnel-vehicle-minister (6).jpg
siddhababa-tunnel-vehicle-minister (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ