arrow

वार्सले शपथ नलिएसम्म फेडरल रिजर्भको अन्तरिम अध्यक्षमा पावेल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
us-federal-reserve-central-bank-of-america.jpg

काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ बोर्डले जेरोम पावेललाई अन्तरिम अध्यक्ष नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष केभिन वार्सले पदको शपथ ग्रहण नगरेसम्म पावेलले सो जिम्मेवारी सम्हाल्ने फेडले शुक्रबार जानकारी दिएको हो। 

फेडरल रिजर्भको वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्ति अनुसार नेतृत्व परिवर्तनको यस्तो संक्रमणकालीन समयमा बहालवाला अध्यक्षलाई नै अन्तरिम जिम्मेवारी दिनु फेडको पुरानै प्रचलन र अभ्यास अनुरूप हो। 

पावेलको फेड अध्यक्षका रूपमा दोस्रो चार वर्षे कार्यकाल शुक्रबार नै औपचारिक रूपमा समाप्त हुँदैछ। उनका उत्तराधिकारीका रूपमा केभिन वार्सको नाम दुई दिनअघि मात्र अमेरिकी सिनेटबाट अनुमोदन भएको थियो।

अध्यक्ष पदबाट हटे पनि पावेलले केन्द्रीय बैंकको स्वायत्तता र स्वतन्त्रता कायम राख्ने विषयमा चासो व्यक्त गर्दै निश्चित अवधिसम्म फेडरल रिजर्भ बोर्डको गभर्नरका रूपमा भने काम गरिरहने बताएका छन्। 

फेडको गभर्नरका रूपमा उनको कार्यकाल सन् २०२८ को जनवरीसम्म रहेको छ।

यसअघि, वासिङ्टन डीसीस्थित फेडको मुख्यालयको मर्मत सम्भारका क्रममा भएको भनिएको अनियमितताको विषयमा पावेलमाथि न्याय मन्त्रालयले फौजदारी अनुसन्धान सुरु गरेको थियो। 

तर पछि, एक रिपब्लिकन सिनेटरले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनित फेडका सबै उम्मेदवारहरूलाई रोक्ने चेतावनी दिएपछि सो अनुसन्धानलाई न्याय मन्त्रालयबाट हटाएर फेडकै ‘इन्स्पेक्टर जनरल’ लाई हस्तान्तरण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ