arrow

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित संसद् भवनमा शुरू भएको छ। केही समय अघिदेखि शुरू भएको बैठक अहिले पनि जारी रहेको छ।

आजको बैठकका लागि संसद् सचिवालयले दुई वटा मुख्य कार्यसूची तय गरेको छ। बैठकमा पहिलो कार्यसूचीका रूपमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसैगरी आजको बैठकको दोस्रो कार्यसूचीका रूपमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावमाथि प्रारम्भिक छलफल शुरू हुँदै छ। सरकारले बजेट प्रस्तुत गर्नु पूर्व ल्याएको यस प्रस्तावमाथि संसद्‌मा उपस्थित विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्ना धारणा, सुझाव र प्रतिक्रिया राख्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ