फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
332
Shares
काठमाडौँ। नेपालको नम्बर १ डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत मुख्य ‘२.२ एनिभर्सरी डे’ मा प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेको जनाएको छ। प्रयोगकर्तालाई आफ्नो पोइन्ट्सको अधिकतम मूल्य दिलाउने उद्देश्यसहित सञ्चालन भइरहेको यस विशेष अफरले देशभर उल्लेखनीय आकर्षण प्राप्त गर्दै फोनपोइन्ट्स इतिहासकै चर्चित पहलहरूमध्ये एकको रूपमा आफूलाई स्थापित गरिरहेको कम्पनीले जनाएको छ।
‘२.२ डिल्स’ नाम दिइएको यो विशेष अफर प्रि २.२ डिल्स, मुख्य २.२ एनिभर्सरी डे तथा पोस्ट २.२ डिल्स गरी तीन चरणमा सञ्चालन भइरहेको छ। विशेष गरी मुख्य २.२ एनिभर्सरी डे मा प्रयोगकर्ताबाट उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ, जहाँ हजारौँ प्रयोगकर्ताले केवल २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका थिए।
फोनपोइन्ट्सका अनुसार, प्रयोगकर्ताको अत्यधिक उत्साह र सहभागिताका कारण केही समयमा प्लेटफर्ममा उच्च ट्राफिक समेत अनुभव गरिएको थियो, जसले ‘२.२’ प्रतिको अभूतपूर्व आकर्षण, विश्वास तथा लोकप्रियतालाई झल्काएको छ। खाना, लाइफस्टाइल, इलेकट्रोनिक्स, ट्राभलदेखि इन्टरटेनमेन्टसम्मका विभिन्न क्षेत्रका आकर्षक डिलहरूले प्रयोगकर्तालाई आफ्ना सञ्चित पोइन्ट्सलाई वास्तविक अनुभव तथा उपयोगी सेवामा रूपान्तरण गर्ने अवसर प्रदान गरिरहेका छन्।
अफर अन्तर्गत अल्टिमा, केएफसी, कोथीज, आईएनआई सिनेमा, श्री एयरलाइन्स, फिली क्यफे, ईरानी चिया, ज्यामीज बबल टी, व्याली एक्सप्रेस लगायतका लोकप्रिय ब्रान्डहरूसँगको सहकार्यमा विशेष डिलहरू उपलब्ध गराइएको छ। साथै हुन्डाई वासिङ मेसिन, टाइटन वाच, अनर स्मार्टफोन, अल्टिमा स्मार्ट उपकरणहरूलगायतका आकर्षक रिवार्डहरूले प्रयोगकर्तामा विशेष उत्साह सिर्जना गरेको कम्पनीले जनाएको छ।
फोनपोइन्ट्सले प्रयोगकर्ताको उच्च उत्साहलाई मध्यनजर गर्दै विशेष ‘पोस्ट २.२ डिल्स’ जेठ १४ गतेसम्म जारी रहने जानकारी दिएको छ। यस अवधिमा पनि प्रयोगकर्ताले आकर्षक अफरहरू हेर्न, आफ्नो मन पर्ने डिल छनोट गर्न तथा सहज रूपमा रिडिम गर्न सक्नेछन्।
साथै, प्रयोगकर्ताले फोनपोइन्ट्स ऐप, ईसेवा, तथा फोनपे ऐपमार्फत सहज रूपमा डिलहरू हेर्न, रिडिम गर्न तथा ‘२.२ उत्सव’मा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
फोनपोइन्ट्सका एक प्रतिनिधिले प्रतिक्रिया दिँदै भने:
“‘२.२ उत्सव’प्रति प्रयोगकर्ताले देखाउनुभएको उत्साह, विश्वास र सहभागिताप्रति हामी हार्दिक आभारी छौँ। मुख्य एनिभर्सरी डे मा प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहलाई मध्यनजर गर्दै हामीले विशेष डिलहरू जेठ १४ सम्म निरन्तर उपलब्ध गराउने निर्णय गरेका छौँ।”
फोनपोइन्ट्सले आगामी दिनमा अझ आकर्षक अफरहरू, थप साझेदारी तथा प्रयोगकर्तालाई अझ बढी लाभ दिने पहलहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ।