arrow

रविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता, सहकारी ठगी यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
ravi-lamichhane-05-31.jpg

काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र पूर्वडिआइजी छविलाल जोशीमाथिको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ।

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले उनीहरूमाथि लगाइएको सहकारी ठगीतर्फको अभियोग दाबी भने यथावत् राख्दै अन्य मुद्दाको अभियोग दाबी कायम नरहने गरी संशोधनको आदेश दिएको हो।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा दर्ता गरेको संशोधन निवेदनका आधारमा उक्त आदेश भएको हो।

अदालतको नयाँ आदेशसँगै अब सभापति लामिछानेसहित अन्य प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरसम्बन्धी अभियोगहरू स्वतः निष्क्रिय (नलाग्ने) भएका छन्। 

तर सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलन तथा ठगीसम्बन्धी मुख्य कसुरको अभियोगमाथिको न्यायिक सुनुवाइ भने अदालतमा निरन्तर रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ