arrow

छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन उपसभामुख ठाकुरको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
rubikumari-thakur-11-02.jpg

सर्लाही। प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् ।

सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’मा आइतबार बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।

विशेषगरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् ।

समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।

उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठूलो भूमिका खेलेको बताइन् ।

दाइजो दुवै परिवारका लागि अभिशाप बनेको उल्लेख गर्दै उनले यस्तो कुप्रथाको अन्त्य गर्न सबै तहबाट अभियान चलाउनुपर्ने धारणा राखिन् ।

उनले पछिल्लो समय किशोर किशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि चिन्ता व्यक्त गरिन् ।

अभिभावकको सुझावलाई गलत अर्थमा नलिन र आवेगमा निर्णय नगर्न युवापुस्तालाई आग्रह गरिन् ।

कार्यक्रममा सर्लाही क्षेत्र नं १ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षामार्फत मात्रै हटाउन सकिने बताइन् ।

उनले छोरी शिक्षित भए परिवार र समाज दुवै सबल बन्ने भएकाले छोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ