arrow

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
bagmati-province-new.jpg

काठमाडौँ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि शुरू हुँदैछ। 

आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ।

 यस विषयमा प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका हुन्।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको यो वर्षे अधिवेशन आह्वान गरेका हुन्। 

यो अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ