arrow

सर्वोच्चबाट गोलाप्रथा पेशी प्रणाली हटाए सशक्त आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
bijaya-mishra.jpg

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका हुन्।

गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनले चेतावनी दिए। उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी गरे।

सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग भिराउन हजारौँ व्यक्ति परिचालन गर्ने गरिएको समेत मिश्रले टिप्पणी गरे। उनले अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कानुन व्यवसायीहरूले विवेक गुमाउन नहुने बताए।

न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउने दायित्व समेत कानुन व्यवसायीकै भएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ