साफ महिला च्याम्पियनशिप आजदेखि, नेपाल र भुटान भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
562
Shares
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि भारतको गोवामा शुरू हुँदैछ।
आठौँ संस्करणको यस च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदानमा उत्रँदैछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे शुरू हुने तालिका छ। आजै हुने अर्को खेलमा समूह ‘बी’ अन्तर्गत आयोजक भारतले माल्दिभ्सको सामना गर्नेछ।
नेपालकी प्रमुख फरवार्ड तथा सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपाली टोलीले यो प्रतियोगिताको शुरूवात गर्न लागेको हो।
साबित्राको अनुपस्थितिमा टोलीको कप्तानी पुनः गोलकिपर एन्जिलाले सम्हाल्नेछिन्। एन्जिलाले साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व गर्न लागेको यो तेस्रो पटक हो।