arrow

बस्दै प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
parliament-nepal-12-20.jpg

काठमाडौँ। प्रतिनिधि सभा बैठक बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ ।

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमल ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

यस्तै, बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ