arrow

जगदीशले संसद्‌मा ‘तमासा’ भनेपछि प्रतिनिधि सभाको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
jagadish-tamasa.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी छलफल भइरहेका बेला विवाद उत्पन्न भएपछि बैठक स्थगित गरिएको हो।

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले सरकारले अध्यादेश ल्याउनु सही भएको दाबी गर्दै प्रतिपक्षी दलहरूले संसद्मा ‘तमासा’ देखाएको टिप्पणी गरे। प्रधानमन्त्री वालेन्द्र साहको जवाफ माग गर्दै विरोधमा उत्रिएका प्रतिपक्ष दलहरूले खरेलको उक्त अभिव्यक्तिप्रति झनै आक्रामक रूपमा विरोध जनाए।

सो अभिव्यक्तिप्रति प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि सदनमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। सांसद खरेलको भनाइलाई लिएर प्रतिपक्षी दलहरू थप आक्रोशित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ